काश्मिर लगायतका पाकिस्तान र भारतका बीच विद्यमान विवादहरु सामाधान गर्न इमरान खानबाट मोदीलाई प्रस्ताव

156

पाकिस्तान/ प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै पाकिस्तानका नवनिर्वा्चित प्रधानमन्त्री इमरान खानले ट्वीट मार्फत ‘दुवै देशले वार्ता र छलफलको माध्यमबाट काश्मिर मुद्दालगायत अन्य समस्यामा समाधान गरी दुई देशबीच व्यापार बढाउनुपर्छ ।’ भनेका छन् । खानले ट्वीटमा ‘अब समृद्धिको लागि पाकिस्तान र भारतले छलफल सुरु गर्नुपर्छ र काश्मिरलगायत अन्य मुद्दामा भएको विवादको समाधान गर्नुपर्छ ।’भनेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १८ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको पत्रको पहिलो प्रतिक्रिया ट्वीटर मार्फत दिएका हुन् । मोदीले पत्रमा दुई देशबीचको विवाद समाधान गर्नका लागि अर्थपूर्ण र रचनात्मक सम्बन्ध कायम गरिनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

त्यस्तै मंगलबार नै खानले राजनीतिज्ञ बनेका पूर्वभारतीय क्रिकेटरबाट नवजोत सिंह सिद्धुको समेत बचाउ गरेका छन् । खानले ट्वीटमा ‘मेरो शपथ ग्रहण समारोहमा आएकोमा सिद्धुलाई धन्यवाद दिन चाहन्छु । उनी शान्तिका दूत हुन् र पाकिस्तानी जनताले उनलाई धेरै स्नेह गर्छन’, ‘भारतका केहीले उनको पाकिस्तान भ्रमणलाई निशाना बनाएका छन् । उनीहरुले यो क्षेत्रमा शान्ति कायम गर्ने कुरालाई ध्यान दिएका छैनन र शान्तिबिना हामीले प्रगति गर्न सकिँदैन ।’

अहिलेसम्म दुई देशबीच भएका वार्ताहरु औपचारिक मात्रै भएका छन् र दुई देशबीचको सम्बन्धमा तिक्तता कायमै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here