लाहान– नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय कार्यकर्ता भेला सिराहाको लाहानमा आजबाट शुरु भएको छ । ३ दिनसम्म चल्ने उक्त भेलाको आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र उपाध्यक्ष लोकनारायण सुवेदीले एकै साथ उद्घाटन गरे ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले कम्युनिष्ट पार्टीका नाममा बर्तमान खड्ग ओली सरकारले जनविरोधी कार्य गरिरहेको जनाउँदै मेरो नेतृत्वमा पुनर्गठन भएको नेपाल कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य छरिएर रहेका क्रान्तिकारीहरु वीच एकता कायम गर्दै नेपालको नयाँ जनवादी क्रान्ती पूरा गर्ने रहेकोले हाम्रो यो पार्टी त्यस दिशामा अगाडि बढिरहेकोले सोही अनुसारका कार्यक्रम बनाएर अगाडि बढ्न सो दलका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सो अवसरमा उक्त पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले भने, नेपाली कम्युनिष्ट आन्दोलनभित्रको मौलाइरहेको दक्षिणपन्थी बिसर्जनवाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्न क्रान्तिकारीहरु वीच एकता अति आवश्यक रहेको छ ।
उक्त भेलामा छलफलका लागि नेताहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको उक्त दलका सचिवालय सदस्य कृष्णहरि भट्टले जानकारी दिए ।


















