१९ वर्षीय  रिया  मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप

81

काठमाडौं ।  ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी विद्यार्थीले वर्ल्ड टप गरेकी छन् ।

कलेजअन्तर्गतको एसिसिए एसोशिएसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट्मा अध्ययनरत १९ वर्षीय  रिया  मानन्धरले ९८ प्रतिशत अङ्क ल्याई ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् ।

एसिसिए कार्यक्रम  बिश्वकै सबैभन्दा ठूलो र द्रुत अन्तर्राष्ट्रिय लेखा निकाय हो ।

यसमा यस बर्ष बिश्वका  १७९ देशमा अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी  र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरू रहेका छन् ।

विश्वभरका लाखौँ विध्धार्थीहरूलाई  पछि पार्दै मानन्धरले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अङ्क ल्याउन सफल भएकी हुन् ।

एसिसिए प्रोग्राम म्यानेजर दिप्न्द्र के श्रेष्ठले उनको प्रशंशा गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागि समेत यो गर्वका कुरा हो । हामी नियमित  रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ  । त्यस्तै रिया  हाम्रो कलेजको  दोस्रो  बिश्व टपर हुन् । अन्य विद्यार्थीहरूले पनी  उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”

रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन्, “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइनँ । मलाई यस विषयमा पूर्ण आत्मविश्वास पनि थिएन ।

यद्यपि यस संकायले मलाई अगाडि बढ्न थप प्रोत्साहन गरेको छ । सबैको साथ र सहयोगले मैले वर्ल्ड टपर हुने अवसर पाए ।”

नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा एसिसिए नै पढ्ने निर्णय किन गरिन भन्ने प्रश्नको जवाफमा उनले भनिन्, एसीसीएले नेपालका विद्यर्थीहरूलाई राष्ट्रिय रूपमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा करिआर राम्रो बनाउन सहयोग गर्छ सोही कारण मैले एनसएको सट्टा एसिसए नै रोजेकी हुँ ।”

अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न समेत यो बिषयले आफूलाई सक्षम बनाएको उनले बताइन् ।

हाल ब्रिटिश प्रोफेसनल कलेजमा एसिसिएमा  भर्ना खुलिरहेको छ ।

ब्रिटिश प्रोफेसनल कलेज ब्रिटिश कलेजको सहायक संस्था हो । काठमाडौँस्थित  द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल दुवई र युकेमा समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here