न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी

95

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको २४ घण्टामा देशभर आंशिकदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बुधबार बिहान हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।  यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here