युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीद्वारा निःशुल्क सिटामोल वितरण

155

काठमाडौं। काठमाडौंमा सिटोमोलको निःशुल्क वितरण बबरमहलको औषधि व्यवस्था विभाग अगाडि  सिटामोल वितरण गरेकाे छ ।

बजारमा सिटामाेलकाे अभाव हुन नदिनका लागि निशुल्क वितरण गरिएकाे शुक्रबार तेस्रो दिन हाे । सडकमै राखेर निःशुल्क वितरण गर्ने कार्य गत बुधबारदेखि सामान्य स्वास्थ्य परीक्ष र सिटामोल निःशुल्क रुपमा त्यहाँ वितरणलाइ निरन्तरता दिएकाे थियाे ।  यस्ताे मानवीय कार्य कुनै सरकारी निकाय वा संस्थाले वितरण गरेको नभइ । युवा व्यवसायी तथा राजनीतिकर्मी डा. अबुल हुसेन अन्सारीले व्यक्तिगत लगानीमा औषधि वितरण गरेकाे थियाे ।

औषधि व्यवसायमै सक्रिय रहेका उनले हालसम्म ३० हजार ट्याबलेट वितरण गरिसकेको बताए । यो अभियान एक साताभरी चलाउने उनको योजना  रहेकाे जनाए ।  सुनसरी स्थायी घर भएका अन्सारीले गृह जिल्लामा पनि शुक्रबार २५ हजार ट्यालेट सिटामोल पठाउनुका साथै  सुनसरीको इनरुवा, इटहरी, दुहवी कोशी गाउँपालिका, बर्जु लगायतका ठाउँहरुमा गएर निःशुल्क वितरण गरिने उनले जनाए ।

‘पछिल्लो समय सिटामोल सहजै नपाएको गुनासोहरु आए, मेरो अरु केही स्वार्थ छैन कमसेकम सिटामोल नै नपाउने अवस्था नहोस भन्ने मेरो सोच हो’ उनले भने, ‘बोलेमात्रै पनि हुँदैन, म आफै व्यवसायमा पनि भएकाले सिटामोलहरु संकलन गरेर निःशुल्क वितरण गरेको हुँ ।’

काठमाडौंमा औषधि व्यवस्था विभागमा अझै ४ दिनसम्म राख्ने उनले जनाए । त्यहाँ तीन जना डाक्टरको टिम पनि राखिएको छ । इच्छुक सर्वसाधारण जो कोही गएर त्यहाँ सामान्य चेकजाँच गराउन सक्ने र आवश्यकता अनुसार उनीहरुलाई सिटामोल उपलब्ध गराइदिने अन्सारीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here