आफ्नाे देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई युक्रेनी राष्ट्रपतिकाे आह्वन

153

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेनस्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई आह्वन गरेका छ ।

उनले आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताए। बिहीबार अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले अर्को महिना युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका व्यक्त गरेका थिए। तर रुसले भने आफूहरुले युक्रेनमाथि आक्रमणको कुनै योजना नबनाएको बताउँदै आएको छ।

शुक्रबार रुसी विदेशमन्त्रीले युद्ध नचाहेको बताएका थिए। युक्रेनको सिमामा करिब १ लाख रुसी सेना तैनाथ रहेको बेला राष्ट्रपति जेलेनस्कीले गम्भीर खालको चुनौती नदेखिएको बताएका छन्।

गत बसन्तमा सेना परिचालन गरेको भन्दा अहिले ठूलो खतरा नदेखेको उनको भनाइ छ। किभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका नेताहरूले पनि भोलि युद्ध हुनेछ भनेर मात्र भन्छन्।

यो आतंक हो – हाम्रो राज्यको लागि कति खर्च हुन्छ?’ ‘देशभित्रको अस्थिरता’ युक्रेनको सबैभन्दा ठूलो चुनौती  रहेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here