विप्लव नेकपाद्वारा जालसाजी गरी लुटेको २३ राेपनि जग्गा कब्जा

230

पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आज सिजि कम्पनीको २३ राेपनि जग्गा कब्जा गरेको छ।

रिब्दिकाेट गाउँ पालिका वडा नम्बर १ जैथुम देउलेफलाट रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको हाेे।

उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडि देखि भाेेगचलन गर्दै आएकाे धनु कुमालकाे जग्गा जालसाजी गरि बेचेको आराेप समेत लगाएको छ।

जग्गा पिडितका अनुसार कसरी हामीले भाेग चलन गरेको जग्गा सिजि कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको बताएका छन्, आफुहरु पिडित समेत भएको जनाए ।


जग्गाका बारेमा अदालत मामिला जाँदा सरकारले न्याय नदिएको गुनासो समेत गरेका छन्। सिजि कम्पनी र स्थानीय जनप्रतिनिधि संग छलफल गर्दा पनि अटेरी गरेपछि पिडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले बताउनुभयो।

उहाँले जग्गा पिडितले न्याय नपाउदा सम्म आफ्नाे पार्टीकाे कब्जामा रहने बताउनुभयो साथै धनु कुमाल माथि भवितव्यं केही भएमा स्वयम् सिजि कम्पनी र उसकाे प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने छ अन्यथा आफ्नाे पार्टीले सशक्त प्रतिरोध गर्ने समेत बताउनुभयाे।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले जारी गरेको विज्ञप्ति “जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले २३ राेपनि जमिन कब्जामा लिएको छ । पाल्पा जिल्ला रिब्दिकाेट गाँपा वडा नम्बर १ जाेगिथुम बस्ने धनु कुमालका परिवारले ५ पुस्ता देखि भाेगचलन गर्दै आएकाे जालसाजी गरी बाम बहादुर कुमाल मार्फत सिजि कम्पनीले अाफ्नाे नाममा खरदि गरेको छ।

दलाल संसदीय व्यवस्थाले बनाएको गरीबमारा कानुनले पुँजी र पहुँचकाे अाधारमा सिजि कम्पनीको नाममा पास गरि दिएको छ ।

उक्त जमिन पिडितले न्याय नपाए सम्म नेपाल कम्युनिस्ट पार्टीको कब्जामा रहेको जानकारी गराउदछाैं । पिडित धनु कुमालकाे न्यायका लागि जनताका पक्षधर सबै शक्तिहरुलाई सहयोग समेत गर्न अनुरोध गर्दछौं विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्ति:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here