मार्तडी (बाजुरा) । बुढीगङ्गा नगरपालिका-६ बाम्का बजार नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।
अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका-४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ ।

















