साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट

51

काठमाडौं  ।   साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ। फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ।  आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ। गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।  आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटेपनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको  सेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ।   एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस ऊर्जाको सेयरमूल्य पनि बढेको छ। तर, यता विन नेपाल लघुवित्तको सेयरमूल्य भने सबैभन्दा बढी गिरावट आएको छ।  आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।  नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here