विन्डोज ११ काे फिचरहरु सार्वजनिक

86

एजेन्सी । विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फिचरहरु आउने देखिएको छ ।

चर्चित विन्डोज लिकर एल्बाकोरले लिक गरेको अनुसार तपाईलाई आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टीकरको फिचर ल्याएको छ ।

पर्सनलाइजेशन सेटिंगका मार्फत प्रयोगकर्ताहरुले स्टीकर एड गर्न सक्नेछन् र कन्टेक्सट मेन्यु मार्फत स्टीकर एडिट गर्न सक्नेछन् । नोटिफिकेशनमा पनि केही परिवर्तन ल्याइएको लिकले बताएको छ ।

विन्डोज ११ मा नयाँ सेट प्रायोरिटी नोटिफिकेशन सेटिंग आएको छ, जुन फोकस एसिस्टेन्ट भन्दा हल्का भिन्नै रहेको छ ।

फोकस एसिस्टेन्टको पनि नाम परिवर्तन गरेर फोकस मात्रै राखिएको छ । एक नयाँ सस्टिनेबिलिटी फिचर पनि ल्याइएको छ, जसले हामीलाई डिभाइसको पावर व्यवस्थापन राम्ररी गर्न दिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here