नेपाली सेनाद्वारा अवरुद्ध सडक सुचारु

128

काठमाडाैं । बढदो चिसो तथा प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई जनजिवन प्रभावित तथा यातायात सेवा समेत बन्द भई रहेको अवस्थामा नेपाली सेनाद्वारा देहायका स्थानहरुमा परिचालित भई सडक खण्डमा जमेको बाक्लो हिमपात हटाई यातायात सूचारु गराएको व्यहोरा जानकारी गराईन्छ ।

माघ २० गते नेपाली सेनाद्वारा अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ-गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन-सतबाँझ-धरमघर) सम्म सडकमा जमेको हिमपात हटाई यातायात सूचारु गराएको ।

मिति २०७८ माघ २२ गते नेपाली सेनाद्वारा अन्य सुरक्षा निकायहरुको सहयोगमा अछाम जिल्ला, मंगलसेन नगरपालिका, वडा नं. ६ स्थित ठूलासैनदेखि कमलबजार नगरपालिका, वडा नं. ५ स्थित गैरिटाँडसम्म जमेको हिउँ पन्छ्याई मध्य पहाडी लोकमार्गमा यातायात सूचारु गराएको

नेपाली सेनाद्वारा नेपाल प्रहरीलगायत स्थानीयवासीहरुको सहयोगमा भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत डडेलधुरा जिल्ला, गन्यापधुरा गाउँपालिका, वडा नं. १ स्थित भात्कांडा ईलाकादेखि साहुखर्क तथा साहुखर्कदेखि गैरा हुँदै हगुल्टे सडक खण्डमा जमेको हिउँ पन्छ्याई राजमार्ग सूचारु गराएको । साथै उक्त सडक खण्डमा फसेका यात्रुहरुलाई नेपाली सेनाद्वारा खाद्यान्न (बिस्कुट, अण्डा, पानी, चिया) तथा औषधि समेत उपलब्ध गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here