कर्मचारीले आन्दोलन गरेपछि सम्पूर्ण सेवा बन्द

491

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका कर्मचारीले आन्दोलन गरेपछि अहिले आकस्मिक छलफल बोलाइएको छ । कर्मचारीले सम्पूर्ण सेवा बन्द गरेपछि बोर्डको सभाहलमा आन्तरिक छलफलमा जुटेकाे हाे ।

बोर्डको कर्मचारी संघ अध्यक्ष नरेन्द्रप्रसाद ढकाल नेतृत्वमा भएको आन्दोलनले सम्पूर्ण सेवा बन्द गरेको हो । बोर्डका तीन दर्जन कर्मचारीको उपस्थितिमा सम्पूर्ण फाँटको सेवा ठप्प भएको छ ।

यता, बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले आफूलाई सोबारे केही थाहा नभएको जनाएका छन् । बोर्डका अर्का एक जना अधिकृतले केही बेरअघि आन्दोलन भए पनि हाल सबै सेवा सुचारु भइसकेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here