काठमाडौं । फागुन ४ गतेबाट आइपीओ जारी गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति हासिल गरेको छ । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफमा १४८ प्रतिशत वृद्धि भएको छ । यस्तै, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत र खुद व्याज आम्दानीमा पनि ५७ प्रतिशत वृद्धि गर्न कम्पनी सफल भएको छ ।
खराब कर्जा अनुपात पनि करिब ५९ प्रतिशत घट्न गई अहिले १.०३ प्रतिशतमा सीमित भएको कम्पनीले जानकारी दिएको छ । आइपीओ प्रयोजनका लागि प्रकाशित आब्हानपत्र बमोजिम यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८–०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।


















