राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

190

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन पेस भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो।

राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन्।

महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका  विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्यायप्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here