बाजागाजासहित चोरी भएको मूर्ति पुनर्स्थापना

128

काठमाडौं ।  ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि स्थानीयमा खुसीयाली छाएको छ । माघ ९ गते चोरी भएको मूर्ति आज शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो ।

 महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहका अनुसार मन्दिर अगाडि बोरा उक्त मूर्ति फेला परेको थियो । फेला परेको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको छ ।

मूर्ति भेटिएपछि स्थानीयले बाजागाजासहित खुसीयाली बनाउँदै बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here