एमसिसीसम्झौता खारेज गर्न माग गर्दै संयुक्त बिरोध प्रदर्शन

181
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेज गर्न माग गर्दै २० दल तथा समूहहरुको संयुक्त जनआन्दोलनले बिरोध प्रदर्शन गरेका छन्।  एमसिसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो।
र्‍यालीका क्रममा प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर’, ‘नेपाल आमा जिन्दावाद’, ‘मातृभुमिको रक्षा गरौं’, ‘एमसिसीको बिरोध गरौं’ जस्ता प्लेकार्डसहित नारा लगाएका थिए।  प्रदर्शनकारीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बिरोध र्‍याली निकालेका हुन्।

एमसिसीलाई जस्ताको त्यस्तै पास गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल तथा  संघसंस्थाहरुले बिरोध गर्दै आएका छन्।  आगामी फागुन १६ भित्र संशोधनबिना नै एमसीसी पारित गर्नका लागि एमसिसीले नेपाललाई समयसीमा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here