एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने

124

काठमाण्डौ  / नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले बताएको हो ।

आज बिहान अहिले साढे ११ बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।

आफूहरुले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ नरहेको र पटक(पटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले आज पनि एमाले सहभागी नहुने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here