एमसीसीबारे देउवा र प्रचण्डबीच वार्ता जारी

63

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरु भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रघाती एमसीसी यथास्थितिमा पास गर्न नसकिने र जबरजस्ती टेबल गरिए  सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिन प्रचण्ड बालुवाटार पुगेका हुन्।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने देउवाले प्रयास गरेका छन्। यही विषयमा छलफल गर्न सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ।

सभामुख सापकोटासमेत सहमति नभइ एमसीसी अघि बढाउन नहुने पक्षमा रहेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसमात्र एमसीसीको पक्षमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here