ब्राजिलमा बाढी-पहिरोमा परी ९४ जनाको मृत्यु

124

एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।

बाढी-पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्।  मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्।

रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here