क्यूआर कोड सहितको (सिस्टम जेनरेटेड) भिसा जारी गर्न सुरु

117

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूआर कोड सहितको (सिस्टम जेनरेटेड) भिसा जारी गर्न सुरु गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गृहसचिव नारायण पाण्डेले विमानस्थलको अध्यागमन कार्यालयमा क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा जारी गरेर यो कामको थालनी गरे ।

विगतमा हातले नै लेखेर भिसा स्टिकर टाँस्ने प्रचलन रहेकोमा अब भने सिस्टम जेनेरेटेड भिसा लागू गरिएको हो । यसका लागि अब यात्रुले क्यूआर कोडबाट अनलाइनमा नै भिसाको भेरिफिकेसन गर्नसक्ने विमानस्थलले जनाएएको छ ।

छिट्टै नै देशभरका अध्यागमन कार्यालयमा यो प्रणाली लागू गर्ने र अध्यागमन प्रशासनलाई आधुनिकीकरण गर्ने प्रक्रियाको महत्त्वपूर्ण सुरुवात भएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here