पाण्डे समाजद्धारा विभिन्न पाण्डे बन्धुहरु सम्मानित, पाण्डेहरुमा २१ गोत्र रहेको जानकारी (भिडियो सहित)

1317

काठमाडौं/ गत वर्षको SEE परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पाण्डे बन्धुका छोरा-छोरीहरु र विभिन्न पेशा र व्यवसायमा कार्यरत रहि समाज र मुलुकमा योगदान दिने पाण्डे बन्धुहरुलार्इ नेपाल पाण्डे समाजले सम्मान गरेको छ । यस वर्षको दशैं तिहार र छठ पर्वको उपलक्ष्यमा यही असोज २० गते शनिबार काठमाडौंको कोटेश्वरस्थित  लोटस पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच यस्तो सम्मान गरिएको हो ।

नेपाल पाण्डे समाजको सो सम्मान कार्यक्रमको उदघाटन प्रदेश नम्बर-३ का सांसद तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुभएको थियो । पाण्डेले उदघाटन कार्यक्रममा बोल्दै तृडिनान एन्ड टोबाकोमा तत्कालीन प्रधानमन्त्री बासुदेब पाण्डे रहेको स्मरण गर्नुभएको थियो । पाण्डे दुनियाँका धेरै देशमा पुगेको इतिहास रहेको भन्दै उहाँले पाण्डेहरुले पहिले नेपालको एकीकरणमा काजी कालू पाण्डेको नेतृत्वमा महत्वपूर्ण योगदान पु¥याएको र सफलता पनि प्राप्त गरेको उल्लेख गर्नुभयो । हाल धेरै पाण्डेहरु नेपालका विभिन्न छेत्रबाट मुलुकका विभिन्न ठाँउहरुमा कार्यरत रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पाण्डे समाजका सल्लाहकार तथा लेखक मधुसूदन पाण्डेले इतिहासमा पाण्डेहरुको भुमिका र हाल समाजले गर्नु पर्ने कामको महत्त्वबारे प्रकाश पार्नु भयो। साहित्यकार हिरण्य कुमारी पाठक (पाण्डे) ले समाजमा साहित्यको महत्व सम्बन्धमा प्रकाश पार्नुभयो , अतिथिको आसनबाट डाक्टर मनिस पाण्डेले प्राकृतिक विविधता संग सबन्धित विषयमा आफ्नो मन्तव्य दिनु भयो । त्यस्तै अतिथिको आसनबाट प्रदेश नम्बर-३ का सांसद केशब पाण्डेले समाजले आयोजना गरेको काममा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुभकामना मन्तव्य व्यक्त गर्नेमा पूर्व सचिव आत्माराम पाण्डेले धेरै महत्त्वपूर्ण मार्ग निर्देश गर्नुएको थियो । कार्यक्रममा २१ जना समाजमा महत्त्वपूर्ण योगदान दिने बिशिस्ट बन्धुहरुको सम्मान गरिएको थियो । जस्मा , प्रमोद पाण्डे गायक, ए क्लास ठेकेदार हरि प्रसाद पाण्डे , डाक्टर रोजनाथ पाण्डे , डाक्टर सम्झना काफ्ले पाण्डे ,सह सचिब कन्चन राज पाण्डे ,योगेन्द्र प्रसाद पाण्डे , डाक्टर मनिश पाण्डे , किरण पन्थी पाण्डे , हिरण्य कुमारी पाण्डे (साहित्यकार) देबि प्रसाद पाण्डे , धर्मराज पाण्डे ,बरिष्ठ पत्रकार जनधारणा साप्ताहिक र स्वाभिमान अनलाइन (swaviman.com)का निमकान्त पाण्डे , घनश्याम पाण्डे , बैंकर उद्यमी जलेस्वर पाण्डे , पर्यटन उद्यमी तथा नाटा अध्यक्ष सि।एन। पाण्डे, ऋषि बहादुर पाण्डे , NAC सह प्रबन्धक सन्तोष पाण्डे, मोहन पाण्डे , पत्रकार सुरोजङ्ग पाण्डे , खेलाडी राजकुमारी पाण्डे लगायत हुनुहुन्थ्यो ।

त्यस्तै SEE उत्कृष्ट ४ पाण्डेका छोराछोरीलाई पनि सम्मानित गरियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विद्याराज पाण्डेले गर्नुभएको थियो भने समाजको गतिविधि सम्बन्धमा महासचिव सागर पाण्डेले प्रकाश पार्नुभएके थियो । कार्यक्रमको संचालन अरुण पाण्डेले गर्नुभएको थियो , कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष हेमराज पाण्डेले गर्नुभएको थियो । पाण्डे समाजमा पाँचवटा मात्र गोत्रहरु रहेको मान्यता रहि आएकोमा समाजको संगठन निर्माण गर्ने क्रममा एक्काइसवटा गोत्रहरु फेला परेको कार्यक्रममा जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here