अचम्म ! गोरुको पनि शव यात्रा

314

एजेन्सी/  भारत बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार रोचक दृश्य देखियो ।

हर–हर महादेवको नारासहित ढोलकको तालबीच एक गोरुको शव यात्रा निकालियो ।भाईचाराको उदाहरण पेश गर्दै शव यात्रामा हिन्दु र मुस्लिम दुवै समुदायका १५० जना मलामी सामेल थिए । गोरुको शव एउटा बेलगाडामा राखिएको थियो र शवलाई कात्रो र फूलले सजाइएको थियो ।स्थानीयले शवलाई पूरै बजारमा घुमाएका थिए ।

करीब १० वर्षको उक्त गोरुलाई केही ‘बादशाह’ भनेर बोलाउँथे भने केही ‘डन’ । बजारमा उपस्थित केही व्यक्तिका अनुसार शहरबाट एक व्यवसायीले यो गोरुलाई लिएर आएका थिए ।चंचल यादवको बजारमा ग्याँस चुल्होको पसल छ।

उनले भने, ‘बिहान हामीले यस गोरुको मुखबाट फिँज निक्लिरहेको देख्यौँ । यो एक ठाउँबाट अर्को ठाउँ कुदिरहेको थियो । केही समयपछि त्यो भूइँमा ढल्यो । हामीले डाक्टरलाई पनि बोलायौँ । तर, हामीले बचाउन सकेनौँ ।’

डाक्टरका अनुसार गोरुको निधन विषाक्त औषधीका कारण भएको हो ।गोरुको मृत्युपछि स्थानीयले बैठक डाकेर विधिपूर्वक अन्तिम संस्कार गर्ने निर्णय गरे ।बजारमा टेलरको पसल रहेका इम्तियाज अन्सारीले भने, ‘हामीले उक्त गोरुको शवलाई मानिसजस्तै सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गर्यौँ । र, बजारमा चन्दा पनि उठायौँ ।’

स्थानीयका अनुसार सो गोरुको शवलाई बजारबाट आधा किलोमिटर टाढा गाडिएको थियो ।बडा बजारका स्थानीयले केही वर्षअघि यसरीनै गोरुको अन्तिम संस्कार गरेका थिए ।दुई वर्षअघि करेन्ट लागेर एक बाँदरको निधन हुँदा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरेर त्यहाँ मन्दिर पनि स्थापना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here