नेपाल एसियन कप छनोटमा कठिन समूहमा

185

काठमाडाैं । नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो। अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसम्मिलित समूहमा नेपालले २ जित र ६ हारसहित ६ अंक जोडेको थियो। नेपालले दुवै खेलमा चाइनिज ताइपेइलाई पराजित गरेको थियो।

छनोटमा कुल २४ टोलीको सहभागिता रहनेछ। सहभागी ६ समूहका शीर्षस्थानमा रहने टोली र ५ उत्कृष्ट दोस्रो हुने टोलीले चीनमा हुने एएफसी एसियन कप खेल्नेछन्। छनोटका सबै खेल जुन ८ देखि १४ सम्म हुने एएफसीले जनाएको छ।

नेपालसहित माल्दिभ्स, ताजिकिस्तान, अफगानिस्तान, मंगोलिया र श्रीलंका पहिलो पटक एसियन कप खेल्ने प्रयासमा छन्।छनोट चरणका खेलहरु भारत, कुवेत, किर्गिस्तान, मलेसिया, मंगोलिया र उज्बेकिस्तानमा आयोजना हुनेछन्। हालसम्म १३ टोलीले भने एसियन कपमा स्थान पक्का गरिसकेका छन्।

दोस्रो चरणमा समूह विजेता बनेका अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, सिरिया र यूएईसँगै आयोजक चीन अघि छनोट भइसकेका छन्। इराक, लेबनान, ओमान र भियतनामले पनि स्थान बनाइसकेका छन्।

यस्तो छ ग्रुप विभागजन :
समूह बी : फिलिपिन्स, यमन, मंगोलिया र प्यालेस्टाइन
समूह सी : उज्बेकिस्तान, माल्दिभ्स, श्रीलंका र थाइल्यान्ड
समूह डी : भारत, अफगानिस्तान, कम्बोडिया र हङकङ
समूह ई : मलेसिया, बंगलादेश, बहराइन र तुर्कमेनिस्तान
समूह एफ : किर्गिस्तान, म्यानमार, सिंगापुर र ताजिकिस्तान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here