आजकाे प्रतिनिधि सभा बैठक स्थगित

93

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।

सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।  अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ। अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ।

आज १ बजेका लागि बोलाइएकाे बैठकमा एमसीसीसम्बन्धी  सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको थियाे।  बिहीबारको बैठकमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने कार्यक्रम थियो।

बिहीबार नै बसेको कार्यव्यवस्था परामर्श बैठकले एमसीसी सम्झौतामाथि छलफल गर्ने निर्णय गरेको थियो। तर, एमसीसीका कारण सत्तागठबन्धन संकटमा परेपछि सरकारले आजको बैठक स्थगन गर्ने उपाय खोजेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here