रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित

83
एजेन्सी । रुसी पत्रकार तथा नोबल शान्ति पुरस्कार विजेता दिमित्री मुरातोभले रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित भएको बताएका छन्।
रुसको एउटा स्वतन्त्र प्रकाशन ‘नोभाया गजेट’ सम्पादन गर्ने मुरातोभले आफू र उनका सहकर्मीहरू यस आक्रमणबाट दुखी भएको पनि बताएका छन्।
बिबिसीका अनुसार रूसको केही बाँकी स्वतन्त्र प्रकाशनहरू मध्ये एक हो ‘नोभाया गजेटा’।
 उनले भनेका छन्- ‘दुःखको साथसाथै हामी लाजको अनुभव गरिरहेका छौं।’
उनले पुटिनलाई प्रश्न गरेका छन्- ‘अब के हुन्छ – आणविक आक्रमण?’
उनी भन्छन्, ‘म भ्लादिमिर पुटिनको ‘प्रतिशोधको हतियार’को बारेमा शब्दहरूको कुनै अन्य व्याख्या देख्दिन।’
मुरातोभले रुसमा अभिव्यक्ति स्वतन्त्रताको लागि गरेको लडाइको कदर गर्दै सन् २०२२ मा नोबेल शान्ति पुरस्कार जितेका थिए।
उनले ‘नोभाया गजेट’को आगामी अंक रुसी र युक्रेनी दुवै भाषामा प्रकाशन गर्ने पनि जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here