यी प्रेरक भनाईले तपाईको जिन्दगी बन्दल्न सक्छ !

118

योजना, लगनशीलता र धैयर्ता बिना कुनै पनि काम सफल हुन सक्दैन भनेजस्तै प्रेरणा पनि हाम्रो जीवनका लागि महत्त्वपूर्ण रहेको छ । तपाई आफ्नो जिन्दगी कस्तो बहिरहेको छ ? केही अनुमान लगाउन त सक्नुहुन्छ ।

हामी अक्सर जिन्दगीसँग गुनासो मात्रै गरिरहन्छौँ । असफल भएका र गर्न नसकेका धेरै कामहरू सम्झेर समय खेर फालिरहेका छौँ ।आफ्नो जिवन सुन्दर सुखी बनाउने उद्देश्य विश्वमा जो कसैको हुन्छ । धर्म संस्कृति र एतिहासिक कुरा, दर्जन विज्ञान तथा महान व्यक्तित्व बाणीहरु कहिलेकाँही मनन गर्नु भयो भने पनि सायद तपाई हाम्रो जिवनमा परिवर्तन ल्याउन सक्छ ।

विभिन्न विद्वानका यी प्रेरक २५ भनाईले हामीलाई यस्तै प्रेरणा प्रदान गर्नेछ :-

१. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

२. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

३. ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।

४. दीर्घायुको लागि खाना आधा गर्नुहोस, पानी दुइगुना बढाउनुहोस् , हाँस्न चारगुणा बढाउनुहोस् र भगवानको ध्यान सय गुणा बढाउनुस् ।

५. यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो ।

६. कहिल्यै नभन तिमीसँग पर्याप्त समय छैन । तिमीसँग पनि दिनमा त्यति नै घण्टा छन्, जति हेलेन केलर, पाश्चर, माइकल एन्जेलो, मदर टेरेसा, लियोनार्दो दा भिन्सी, थोमस जेफर्सन र आइन्स्टाइन सँग थियो ।

७.  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस् । यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

८. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

९. दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।

१०. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

११.  कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ‘।तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन ! यो यौटा कला हो !

१२. धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग-सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।

१३. मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ ?”

१४. जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ।।!!

१५. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

१६. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

१७. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

१८. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।

१९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

२०. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

२१. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

२२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

२३.  इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

२४. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुरत्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

२५. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here