काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ ।’
राष्ट्रघाती एमसीसी सम्झौतामा राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू रहेको उल्लेख गर्दै उनले संशोधन नभएसम्म पास गर्न नहुने जनाएका हुन् ।

















