सभामुखविरूद्व महाभियोग प्रस्ताव ल्याउने तयारी

84

काठमाडौं / नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख पक्षपाती भएको भन्दै उनीविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउने जनाएका छन्। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उनले जनाए ।

बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।’ तर भूमिका ठीक भएन बास्कोटाले भने ।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्दै उनले भने, ‘प्रचण्ड जी खोलैखोला जान लाग्नुभाछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो।’ साथै बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गरे |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here