कोभिड महामारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने

83

काठमाडौं  ।  स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) ले कोभिड महामारी सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

महामारी रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक स्तरमा सचेतना र संवेदनशीलता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हर्ड नेपालले जनाएको छ। किशोर–किशोरीहरुका लागि स्कुल मास्क अभियान सञ्चालन गर्नुका साथै हर्ड नेपालले कोभिडबाट प्रभावित किशोर किशोरीहरुलाई मनोवैज्ञानिक परामर्श समेत दिएको थियो।

अग्रपंक्तिमा रहेका शिक्षक, सुरक्षाकर्मी, किशोरकिशोरी, लगायतमा लक्षित गररेर अभिमुखिकरण कार्यक्रम गरिएको हर्ड नेपालले जनाएको छ। उक्त कार्यक्रमबाट करिब १० हजारबढी लाभान्वित भएका थिए। उनीहरुले काँकडभिट्टा हेल्थ डेस्कलाई २ हजार मास्क र २० लिटर स्यानिटाइजर पनि उपलब्ध गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here