मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

112

बारा । महागढीमाई नगरपालिका-१ पथरहट्टी मोडस्थित सडकमा ना.५६ प ५६६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका-२४ हरिपुर बस्ने ३५ वर्षीय रोशन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जितपुरसिमरा उपमहानगरपालिका-२४ हरिपुर बस्ने ३५ वर्षीय मनोज यादवलाई जिल्ला अस्पताल कलैया हुँदै थप उपचारको लागि बयोधा अस्पताल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here