सुनको भाउ हालसम्मकै उच्च

189

काठमाडौं ।   सुनको भाउ सोमबार प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५ सय रुपैयाँले कम हो। २०७७ साउन २३ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

अघिल्लो दिन  सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाय आज ११ सयले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ २ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।      आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here