कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुग्याे

52

काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६८ र एन्टीजेन परिक्षणबाट १५६ गरि कुल २२४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा २५१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८.२ रहेको मन्त्रालयले जनाएको छ ।  देशभर अहिले ११० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ९३६ पिसिआर र ३१५६ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार ९२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६९२ पुगेका छन् ।  पछिल्लो कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here