काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासित नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


















