राष्ट्रपतिले राजदूत खत्रीलाई पद तथा गोपनीयताको शपथ

69

काठमाडौं । अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here