कर छलीको बोटलर्स नेपालविरुद्ध मुद्दा दायर

67

काठमाडौं । बहुर्राष्ट्रिय पेय पदार्थको नेपाली उत्पादक बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।

३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गर्न आरोपपत्रमा माग गरिएको छ।

विभागले कूल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल हुनुपर्ने जिकिर गरेको छ। कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागको आरोपपत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here