एन्फाद्वारा महिला एकेडेमी सुरु गरिने

116

काठमाडाैं । अर्को बर्षबाट तीन बिभागिए र रौतहतमा गरेर महिला एकेडेमी सुरु गर्ने योजना रहेको बताएका छन ।

अखिल नेपाल फुटबल संघले अर्को शैक्षिकशस्त्रबाट महिलाको फुटबल एकेडेमीपनि सुरु गर्ने बताएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यू १८ साफ च्याम्पियनसिपमा सहभागिता जनाउने महिला टिमको बिदाई कार्यक्रममा बोल्दै अर्को बर्षबाट तीन बिभागिए र रौतहतमा गरेर महिला एकेडेमी सुरु गर्ने योजना रहेको बताएका छन ।

एन्फाले ग्रासरुटबाट उत्कृष्ट भएका युवा फुटबललाई तीन बिभागिएसँग अरु क्लवको एकेडेमीमा राखिसकेको छ । अब यो योजनामा महिलालाई पनि समावेश गर्ने लक्ष्य एन्फाको रहेको छ ।

तीन बिभागिए टिमले किशोर खेलाडीलाई निशुल्क, आंशिक छात्रबृत्तीमा एकेडेमीमा राखेको छ ।  जसमा जिल्ला हुँदा प्रदेश र केन्द्रिय छनोट गरेर युवा खेलाडी छनोट गरेको थियो । अब यहि प्रक्रियामा महिला खेलाडीलाई पनि छनोट गरेर एकेडेमीको अवधारणा एन्फाले बनाएको छ ।

यदि यसो हुन सकेको खण्डमा महिला खेलाडी उत्पादनमा पनि ठूलो भूमीका खेल्नेछ । अहिले महिला खेलाडी उत्पादनमा ठोस कार्यक्रम एन्फासँग छैन । तर यो योजनालाई कार्यान्वयन गरेको खण्डमा राम्रो महिला खेलाडी पहिचानमा पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here