इन्भेष्टमेन्ट बैंकको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

161

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार पोखरामा सम्पन्न भएको कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले

लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरेका थिए । सो क्रममा धितोपत्र बजारको विभिन्न आयामहरूको बारेमा समेत छलफल भएको थियो ।  कम्पनीले यसअघि पनि प्रदेशस्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here