विविध कार्यक्रमकाे आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस

83

काठमाडौं  ।  नेपाल डेन्टल एशोसिएसनले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ। मुख स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको एशोसिएसनले जनाएको छ।

दिवसको अवसरमा सामाजिक सञ्जालमा नागरिक सचेतना अभियानको रुपमा कुट चिकित्सा विरुद्धको सन्देशमूलक भिडियो सामग्री सम्प्रेषण, दन्त चिकित्साका विद्यार्थी, दन्त चिकित्सक तथा प्राज्ञहरुको सहभागितामा एनडीए फुटसल प्रतियोगिता आयोजना गरिएको थियो।

यस्तै, धरान, जननकपुर, चितवन र रुपन्देहीमा ¥याली गर्नुका साथै विभिन्न जिल्लामा निशुल्क दन्त शिविर, रक्तदान, गोष्ठी लगायत कार्यक्रमको आयोजना गरिएको अध्यक्ष डा सुभित मास्केले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here