विभिन्न धनमाल चोरी

142

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ रामघाट फलामे पुल नजिक डेरा गरी बस्ने भारत सितामढी घर भएका ४० वर्षीय विजय गुप्ताको कोठाबाट नगद ४ लाख रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली रमाइलो चोक डेरा गरी बस्ने काभ्रे चौरी देउराली गाउँपालिका-६ घर भएका ३० वर्षीय लक्ष्मण पहरीको कोठाबाट नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ६ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here