बिमस्टेकमा जलवायु परिवर्तन खतरनाक बनेकाले प्रभावकारी कदम चाल्नुपर्छ : प्रम देउवा

103

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका छन् ।

श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुन:स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौं नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको जनाए।

महामारी सामना गर्न हरित, लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले खुलासा गरे । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्नेमा जाेड दिए ।  बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै देउवाले यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here