बजारमा सुन र चाँदीको मूल्य घट्याे

85

काठमाडौं  । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० र चाँदीको पाँच रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।  यस्तै‚ बुधवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रूपैयाँ कायम गरिएको छ। मंगललबार प्रतितोला ९८ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार ३३५ रूपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here