अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान

74

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूका लागि अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सहमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

ज्येष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।

नेपालमा यसअघि नै कर्मचारी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पताल लगायत सञ्चालनमा छन् भने पछिल्लो समय शिक्षकहरूको पनि अलग्गै अस्पताल स्थापना गर्ने तयारी भइरहेको छ।

ज्येष्ठ नागरिकको पनि अस्पताल स्थापनाका लागि सहमति प्रदान गर्ने निर्णय भएसँगै यो अस्पताल स्थापनाको प्रक्रिया पनि अघि बढ्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here