काठमाडौंका गौरवमय तीर्थस्थल चम्पादेबी

79

– जनक तामाङ

बनमा फुल्ने लाली गुराँस बेसीमा फुल्ने प्या्उली, बिरहका गीत गाउँछन् बन पाखा न्या्उली वास्तबमा यस्तै परिवेशमा आफ्नो अस्तित्व बचाई राखेकी छिन । उनै ममता महि चम्पादेबी माताले काठमाडौं उपत्यकाको दक्षिण पश्चिम सर्वाधिक दोस्रो उच्च शिखरमा रहेको चम्पादेबी मन्दिर एक अति महत्वपूर्ण धार्मिक र पर्यटकिय स्थल हो । यसको महिमा काठमाडौं उपत्यका उत्पतीसँग गाँसिएको छ । महामानव मञ्जुश्रीले काठमाडौं खाल्डोमा भरिएको करीव दशहजार वर्ष अघिको जलाशय ताललाई खड्गले तरवारले कटान गरी निकासा गराउनु पूर्ब भौगोलिक अध्ययन गर्ने क्रममा आफ्नो साथ लिएर दुईवटी महादेवी बरदाद मोक्षदाद मध्ये कान्छी महादेबी मोक्षदादलाई यही चुचुरोमा बिश्राम गराएर योजना बनाई हर्ष कुम कुर्म पर्वत काटेर पानीको निकासा गरेका थिए । शिखी र बुद्धले पनि यसै पर्वतमा ध्यान गरेको र मेष (बैशाख) संक्रान्तीका दिन आफ्ना शिस्यहरुलाई महत्वपूर्ण मन्त्र ज्ञान सुनाएका थिए वहाँको पुण्य स्मृतीका दिन पनि सोही दिन परेकोले त्यही बेला देखीनै वैशाख एक गतेको दिन यस स्थलमा मेला लाग्ने प्रचलन चलेको भन्ने बर्णन गरेको पाईन्छ । मुर्तिकलाको बिकास हुनु अगावै यस शिखरमा चम्पादेवीको नामले अमूर्त शिला प्रतिस्थापना गरी हालसम्म सबैले पुजिदै आएको वास्तविकता पाईन्छ । परापूर्व कालमा यहाँ चाँपको घना जंगल रहेको कारण चम्पादेवी नाम रहन गएको तथा मञ्जुश्रीको साथ आउनु भएको महादेवीनै चम्पादेबी हो भन्ने कथन छ । यस स्थलमा एउटा पुरानो बौद्ध स्तुपा छ । नेपाल एकिकरण हुनु ताका पृथ्वीनारायण शाहले यहाँ योजना स्थल बनाएको थियो । सम्झना स्वरुप अझै पनि बंकरहरु छरिएर रहेको छ यी नै चम्पा देवीसँग पृथ्वीनारायण शाहले प्रत्यक्ष वार्तालाप गरेको र फलस्वरुप उपत्यका कब्जा गर्न सफल भएको बुढापाकाहरु भन्दछन् । यसको पश्चिम तर्फ वाणासुर बली राजाका जेठा पुत्रको बासस्थान भस्मासुर डाँडा रहेको छ । वाणासुरको पुत्री उषाको विवाह कृष्णको नाती अनिरुद्र सँग पक्का हुने भएपछि बाणासुर आक्रोसित हुँदै यस स्थान नजीक कालथुंके डाँडामा अनिरुद्रलाई चार महिना सम्म बन्धक बनाई यातना दिएको यी खबर कृष्णले थाहा पाएपछि ५६ कोटी यदु वंशकासाथ आई वाणासुरसँग घमासान लडाई भएको र त्यही बखत र्शोिर्णतपुर (थानकोट) मा उनै पुत्री उषाले चम्पादेवीको तप गरी अनिरुद्रसँगै विवाह भएको थियो । यसरी शिवभक्त बाँणासुर र हरीभक्त कृष्ण एक आपसमा सम्झौता र मेलमिलाप गरी शिखरापुर (फर्पिङ्ग) मा हरीशंकर यात्रा चलाई युद्ध स्थगन गरेका थिए । जुन बखत भारत वर्षका राजाराम र श्रीलंकाका राजा रावण बीच भिषण लडाई हुँदा घायल लक्ष्मणलाई बचाउन पवन पुत्र हनुमानले संजिवनी बुटी ल्याउने कुरामा “द्रोणाँचल पर्वत” उठाएर ल्याउँदा मर्कटाचल पर्वतमा ठोकि केही भाग चम्पादेबीको दक्षिणतर्फ झरेको कारण यहाँ प्रसस्त मात्रामा जीवन उपयोगी जडिबुटीहरु पाइन्छ भन्ने जनविश्वास रहेको छ । यहाँ प्राप्त एक विशेष प्रकारको जुडिबुटी प्रयोग गर्नाले “नव दम्पतीलाई दाम्पत्य जीवन गास्ने र जीवन प्रगाढ रहने भनाई रहि आएकोछ । यिनै कारण टौदह र बोसन खोलाको अन्तिम बिन्दूलाई सर्वऔषधघाट भन्ने चलन चलेको छ ।


यस स्थानबाट उत्तर पूर्वी अवस्थित महत्वपूर्ण हिमश्रृँखलाहरु माछापुच्छ्रे, मकालु, मनास्लु, लाक्पा, दोर्चे, जुगल, हिमाल चुली र गौरीशंकर हिमाल लगायत विश्वको उच्च शिखर सगरमाथा हिमाल साथै काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र तराईका केही भु–भाग समेत नांगो आँखाले एक साथ अबलोकन गरी भरपुर आनन्द लिन सकिन्छ । अझ यहाँको प्रात्रृmतिक हरियाली बन सम्पदा बन भित्र फुलेको लाली गुराँस, बन जाई, बन पाखा, घनकाउने कोईली र मैना चरी, काफल पाक्यो भन्ने चरी आदिको सुमधुर स्वर, चराहरुको चिरबीर र बनका फलपूmलहरु र समय समयमा देखा पर्ने जंगली जनावरहरुको आकर्षण आदि वातावरणले सबैको मन मोहित गराउँछ । अझ पछिल्लो समयमा बन क्षेत्र सुधारको प्रयास र पर्यटन पूर्बाधार विकास आयोजनाद्वारा निर्मित पर्यटक पदमार्गले चम्पादेवीको थाप्लोबाट नियाल्दा र वास्तवमा भन्नु पर्दा चीनको ग्रेटवालको स्मरण समेत गराउँदछ । विशेष गरी यो चम्पा देबीलाई पूजा आराधना र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, शिप कलाकारितामा निपुर्ण बनाउने, पानी बृष्टी गराउने, रोग व्याधि हटाउने, दाम्पत्य जीवन सुखमय हुने, कारणले महादेबी र महासरस्वती दुबै शक्तिको रुपमा पुज्ने गरिन्छ । यो देवी शौम्य र मन्दमुस्कान स्वरुप, मुण्डामाला लगाएकी चारहातमा आफ्नो बाणरुप लिएकी, फिक्का पहेंलो बस्त्रधारी गरी बाघमाथी शयन भई शिवदेब र गणहरुको साथ पश्चिम मोहडा फर्केर उपत्यकाको रक्षार्थ विराजमान भई आफ्ना आशन ग्रहण गरी बिराजमान रहेको छ । यो क्षेत्र काठमाडौं उपत्यकामा नै पहिलो पटक पर्यटन खेल प्याराग्लाईडिङ र पर्यटक पदमार्ग निर्माण हुनुको साथै ट्रेकिङ्ग रुटमा समावेश गरिएको क्षेत्र समेत हो । जसले गर्दा आजकाल आन्तरिक तथा बाह्य पर्यटकहरुको बढ्दो आकर्षणको केन्द्र बिन्दु यो क्षेत्र बन्दै गएको छ ।
यस प्रकारका विविध महत्वको कारण यो एक ऐतिहाँसिक, प्राचिन, पौराणिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय र जैबिक विविधताले भरीपूर्ण क्षेत्र रहेको छ तर हाल ओझेलमा पर्न गएकोछ । यसलाई सम्बन्धित निकाय संघ संस्था, सरोकारवाला व्यक्ति समुह तिर्थयात्रीहरु र सपुत नेपाली आमाका छोराछोरीहरुको दृष्टी र पहुँचबाट यो क्षेत्र टाढा रहनु भनेको हामीले यी ठूलो भुल गरी रहेका छौं । यस्तो उपत्यकाको निर्माण कार्यमा महत्वपूर्ण स्थान ओगटेको र महामानवको साथै देवदेवीले तप, ध्यान गरिएको यो क्षेत्रको संरक्षण र विकासमा अव पनि चेष्टा नपु¥याए भविष्यमा अवश्य पनि हाम्रा भावी पीडि र इतिहाँसले धिकार्ने छ । तसर्थ यो बहुमुल्य क्षेत्रको दिर्घकालिन योजना तथा कार्यनिती बनाई पूर्वाधारहरुको विकास गर्न गराउन अति नै आवश्यक रहेकोछ । सबैमा ध्यानाकर्षण होस । यस क्षेत्रको समुचित विकास गराउन सकेमा यस क्षेत्रमा फिल्म सुटिङ्ग, प्याराग्लाईडिङ रकक्लाइबिड, माउन्टेन साइकिलिङ, हिमवर्षा हिमखेल, जंगल सफारी, ध्यान केन्द्र र सुर्योदय र अस्ताय उपत्यकाको अवलोकन केन्द्र, जीव विज्ञान, आयुर्बेद विज्ञान, बन विज्ञानको अध्ययन अनुसन्धानको केन्द्र, जडिबुटीहरुको प्रवद्र्धन र प्रयोगशाला, प्रकृतिक चिडिया घर, धार्मिक तथा पर्यटकको साझा थलो आदिको केन्द्र बिन्दु बन्न सक्ने प्रबल संभावनाहरु प्रशस्त छन् । जसले गर्दा काठमाडौं उपत्यकाको एकदम नजीकको एक उदाहरणीय आकर्षक नयाँ गन्तव्य स्थल बनेर यस क्षेत्र र नेपाल राष्ट्रकै एक आयश्रोतको क्रान्ति केन्द्र स्थल बन्ने कुरामा दुईमत हुन सक्दैन हाल सामान्य घेरा पर्खालमा मात्र सिमित यस चम्पादेबी माताको मन्दिरले अवश्य पनि काँचुली फरीने छन् वर्षाको दुई पटक लाग्ने मेलाले पनि बाह्रैकाल चल्नेछन् । यस किसिमको काम सम्पन्न र समुन्नत बन्न सकेमा माता चम्पादेबीले आशिर्बाद दिनेछिन जुन जननी जन्मभूमिस्च स्वर्गदपी गरिएसीको आर्शिर्वाद यथार्थमा परिणत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here