राप्रपा नेपालका चितवन अध्यक्ष विष्णु खरालको घरमा तोडफोड

138

काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको जानकारी दिए। अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले तत्काल छानबिन गरि दोषीमाथि कडा कारबाहीको उनले माग गरे।

 राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने बर्तौलाको भनाइ छ।  खरालको घरका झ्यालका सिसा फुटेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here