बिष्णुको संगीतमा ‘मकै पिन्नु जाँतोमा’  सार्वजनिक

178

काठमाडौं  ।  डान्सिङ भर्सनको  ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका मेलिना राई र गायक रमेश राईको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ।  यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

बिना राउत, सुन्दर घलानको अन्स्क्रिन प्रेम र रोमान्स भिडियोमा देख्न सकिन्छ। सनम तामाङले छायाँकन गरेको यस भिडियोमा केशब राज भट्टको कोरियोग्राफी रहेको छ।  अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएय्को हो। गायक राईको युट्युव च्यानल ‘रमेश राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/VElkomp7Etk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here