नेवाः जागरण मंच जापानको प्रायोजनमा हुन लागेको प्रतियोगिता २० औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एक मानिएका तथा नेपाल भाषा साहित्यिक क्षेत्रमा खम्बा रूपमा रहेका कवि केशरी चित्तधर हृदयकाे यही आउँदो जेठ १२ गते जन्मोउत्साेव हुने प्रतियातामा संसारभर छरिएर रहेका नेपालीहरू जस्ले नेपाल भाषा जानेकाे छ तिनीहरूले सो प्रतियोगिता सभागिता जनाउन सकिनेछ ।
उपत्यकाका क्याम्पसमा नेपालभाषी विद्यार्थीहरुको संख्या कसरी बढाउन सकिने विषयमा २ सय ५० भन्दा कम शब्द प्रयोग निबन्ध वाचन गरेकाे भिडियाे नेवाः विद्यार्थी युनियनकाे फेसबुक पेजमा र साे निबन्ध नेवाः विध्यार्थी युनियनको इमेलमा [email protected] जेष्ठ ११ गते साँझ पाँचसम्म पठाइ सक्नुपर्ने भएकाले सम्पूर्ण मातृभाषानुरागीहरुलाई नेवाः विध्थार्थी युनियनले अनुराेध गरेका छन् ।
करिब एक महिनासम्म हुने प्रतियोगितामा प्रथम, द्धितीय, तेस्रो हुने तथा सान्वत्वना पुरस्कारको समेत व्यवस्था गरिएको प्रतियाेगिताकाे संयाेजन नेवाः जागरण मञ्च जापानका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्यले गरेका छन् ।
सो प्रतियोगिता बारेमा विदेशमा रहेकाहरुले थप जानकारी लिनका लागि नेवाः जागरण मंच जापानका अध्यक्ष कृष्ण बदन जोशी +८१ ९०-६४९६0-८४६३ सचिव : श्याम तन्दुकारं +८१ ८०-४४३१-८१३४ साथै नेपालका लागि नेवाः विध्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन ९८४९१३२७८८ र सचिव प्रशान्त डंगोल ९८५११२१८७३ लाई सम्र्पक राख्नु सक्नु हुनेछ ।

















