काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन आज दिउँसो ३ बजेसम्ममा २८ हजार ८०५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले दिएको विवरणअनुसार प्रमुखमा १ हजार १७०, उपप्रमुखमा ६३१, अध्यक्षमा १ हजार ५० र उपाध्यक्षमा ६०६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। वडाध्यक्षमा ७ हजार ६६२, महिला सदस्य ४ हजार ४३१ र दलित महिला सदस्य ३ हजार ७७६ जनाले मनोनयन दर्ता गराएका छन् भने सदस्यमा ९ हजार ४७९ जनाले दर्ता गराएका आयोगले जनाएको छ।



















