रोशन फ्युवाको निर्देशनमा ‘पिसहिल भुस्मे गाउँ’ (भिडियोसहित)

288

काठमाडौं । लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यसैजिल्लाको विच भाग भएर बहन्छ । त्यसैले पनि जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ ।

यसैबिच, मस्र्याङदी गाउँपालिका वडा नं ८ मा अवस्थित भुस्मे गाउँ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ। गाउँको चिनारीका साथै तामाङ होमस्टे र पिसहिल, शान्ती डाँडाको पर्यटन प्रवद्र्धनको लागि म्युजिक भिडियो निर्माण गरिएको छ । गायिका लक्ष्मि तामाङ र गायक बिशाल तामाङको सुमधुर आवाजमा सजिएको गीतमा राज कुमार बगरको शब्द रचना र संगीत रहेको छ ।

रोशन फ्युवा तामाङको निर्देशनमा बनेको उक्त भिडियो प्राकृतिक रुपले रमणिय गाउँ भुस्मे र शान्ती डाँडामा अवस्थित पिसहिल रिसोर्टमा छायांकन गरिएको थियो। जस्सु गरुङले नृत्य निर्देशन तथा कोरियोग्राफ गरेको भिडियोमा कलाकारहरु एरिन तामाङ, युनिशा परियार, जित तामाङ, संजिता तामाङ, मालती तामाङ, सोनी तामाङ, ममिता तामाङ र छिरिङ तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

भौगोलिक रूपले सुन्दर लमजुङका होमस्टेहरू पर्यटकको रोजाइमा पर्ने गरेका छन् । आफ्नै घरमा बुबाआमाको काखमा रमाउँदै बसेजस्तो आफन्तपनसँगै होटेलमा जस्तो सुविधा हुने भएकाले पनि होमस्टेले पर्यटकलाई तानेको देख्न सकिन्छ ।

भुस्मे तामाङ होमस्टे र पिस हिल रिसोर्टले निर्माण गरेको उक्त भिडियोमा भुस्मे गाउँ, शान्ती डाँडा, हिमालका सुन्दर दृश्यहरु हेर्न सकिन्छ । त्यति मात्रै नभएर तामाङहरुको न्यानो स्वागत र मायाले भुस्मे गाउँ जो कोहीलाई आफ्नै गाउँ झै लाग्दछ । तामाङ जातिको मौलिक परम्परा, संस्कृतिको स्वाद चाख्दै आएकाहरूलाई भुस्मेको तामाङ संस्कृतिले पनि उत्तिकै लोभ्याएको छ ।

सदरमुकाम बेशीशहर बाट १५ कि।मी को दुरीमा अवस्थित तामाङ होम्स्टेमा त्यही उत्पादित अर्गानिक खानाको स्वाद लिन सकिन्छ । साथै बस्नको लागि सफा र व्यवस्थित बेडहरु रहेको छ । भुस्मे गाउँ १७ सय मिटर उचाई रहेको तामाङहरुको वस्ती हो । तामाङ संस्कृति, सफा मिलेका परम्परागत शैलीका घरहरु प्राकृतिक मनोरम दृश्य, गुफा ओडार, अलैची बगैचा, अर्गानिक खाना त्यहाँंका विशेषता हुन् ।

भुस्मे गाउँदेखि १ घण्टाको पैदल यात्रा पछि विभिन्न चराचुरुङ्गी, रुख विरुवा, गुराँसका डाँडाहरु पार गरेपछि शान्ती डाँडा पुगिन्छ । शान्ती डाँडामा सुविधा सम्पन्न पिसहिल रिसोर्ट निर्माण गरिएको छ । जहाँ स्वर्गको अनुभुती प्राप्त हुन्छ । विश्व शान्तीको अग्रदुत गौतम बुद्धको ठूलो मुर्ती, सर्व धर्मको प्रतिकहरु, शान्तीका चिन्हहरु, माछापुछ्रे, अन्नपुर्ण र हर्क पिकको मनमोहक हिमालय श्रृङखलाहरु र तलतिर सदरमुकामको झिलीमिली बत्ति साच्चिकै शान्त ठाउँमा अवस्थित छ शान्ती डाँडा । केही दिन बस्न, बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न, आन्तरिक तथा बाह्य पर्यटकको लागि पिसहिल राम्रो गन्तव्य हो । खाना र बस्नको राम्रो सुविधा भएकोले दिनहु आन्तरिक तथा बाह्य पर्यटकहरुको ओहोर दोहोर चलिरहने पिसहिल रिसोर्टका सञ्चालक जित तामाङ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here