कीर्तिपुर नगरका हेभिवेट उम्मेदवार प्राडा महर्जनको विजयी हुने आंकलन

282

कीर्तिपुर । चुनावी चहलपहलसँगै कीर्तिपुर क्षेत्रमा विभिन्न पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट प्राडा. शिवशरण महर्जनले टिकट पाए पनि स्थानीय पार्टीहरुको तालमेल हुन नसकेपछि चुनावमा विजय हुनको लागि घोषित र अघोषित रुपमा चुनावी मैदानमा उत्रेका छन् ।

पाँचवर्ष अघिको विभिन्न चुनावमा प्रतिस्पर्धा गरेर पनि पराजित हुनुपुगेका उम्मेदवारहरु पुनः चुनावमा प्रमुख पदको लागि उठेका कारणले यो पटक प्राडा. शिवशरण महर्जनको चर्चा अत्याधिक छ । र, विजयी हुने सम्भावना पनि उहाँको रहेको स्वतन्त्र राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । उहाँ पहिलो पटक राजनीतिक रुपमा उम्मेदवारी दिनुभएको छ ।

गोलाकार भित्रको हसिँया हथौडाको चुनाव चिन्ह लिएर उम्मेदवार बन्नुभए महर्जनले बौद्धिक, शैक्षिक, मानवअधिकार तथा सामाजिक संघसंस्थामा रहेर आफ्नो क्षमता प्रर्दशित गरिसक्नुभएका छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागका प्रमुख र विश्वविद्यालय अनुदान आयोगका सदस्य रहेर देशको शैक्षिक उन्नयनमा ठूलो योगदान दिनुभएको छ ।

उहाँजस्तो शालिन, भद्र, शान्त, मिलनसार, हितेषी व्यक्ति कीर्तिुर नगरमा विरलै पाइन्छ । उहाँजस्तो वौद्धिक व्यक्तित्व भएका व्यक्तिहरु नेपालको विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणको लागि आवश्यक पर्दछ । उहाँ केही समयअघि सम्म मंगल बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष र कीर्तिपुर क्षेत्रमा प्रतिष्ठित र उज्ज्वल भविष्यको निर्माणकर्ता श्री उज्ज्वल शिशु निकेतन एकेडमीका व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । यस्तै, राष्ट्रियस्थित राष्ट्रिय मानवअधिकारी संगठन काहुराष्ट्रका कीर्तिपुर संस्थापक अध्यक्ष तथा बुद्धिजीवि संगठन, काठमाडौंका अध्यक्ष पनि हुनुहुन्छ ।

नेपाली काँग्रेसले जसपासँग मिलेर मेयर र उपमयेरको पदमा उम्मेदवारी दिएको छ । काँग्रेसबाट प्रमुखमा उठ्नुभएका राजकुमार नकर्मी र उपमेयरमा उठ्नुभएकी शुभलक्ष्मी शाक्य दुबै पाँचवर्ष अघिको चुनावमा पराजित हुनुभएको थियो ।

यता, नेकपा एमालेले दुईपटक कीर्तिपुर नगरमा जिते पनि यो पटक टिकट पाउनुभएका केशरत्न बज्राचार्यले नयाँ शक्तिमा (हाल जसपा) हुँदा कीर्तिपुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्ष र सोही पार्टीबाट काठमाडौं १० ‘क’ बाट प्रदेशसभामा शर्मनाकजनक रुपमा हार व्योहोरिसक्नुभएको थियो ।

यो पटक कीर्तिपुर नगरपालिकाका विगतमा माधवकुमार र वामदेव गौतम पक्षधरलाई किनारा लगाउँदै बज्राचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा टिकट पाउनुभएको थियो । फलस्वरुप कीर्तिपुर एमालेको अंकगणित यो पटक बैग्लै हुने जनधारणा बाहिर आएको छ ।

यस्तै, नेकपा एमाले परित्याग गरेर बनाएको नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख पदमा उम्मेदवार दिनुभएका बटुकृष्ण थापाका कारणले विगतको चुनावी अंकगणितमा थप जोडघटाउ हुने देखिएको छ ।

नेपाल मजदुर किसान पार्टी र राप्रपा नेपालले पनि कीर्तिपुरमा प्रमुख पदको लागि उम्मेदवारी दिएका छन् ।

हेर्नुस् माओवादी केन्द्रका उम्मेदवार प्राडा महर्जनको उल्लेखनिय योगदान

१ जनसेवा, कि.मा. बि स्कुल हुँदैं महेन्द्र रत्न क्याम्पस, सुर्खेत क्याम्पस,पृथ्बीनारायण क्याम्पसक त्रि बि किर्तिपुर क्याम्पस  मा  अध्यापन ९२०३३-०७६ ०

२ त्रि बि अनुदान आयोगको सदस्य

३ त्रि बि शिक्षा  बिभाग को प्रमुख

४ किर्तिपुर बहुउद्येस्यीय  सहकारी सस्था को भू पु अदक्ष्य र सल्लाकार

५ किर्तिपुर खानेपानी बेब्यस्थापन  समिति का सल्लाकार

६ स्वास्थेय तथा जनसंख्या बिभाग किर्तिपुर का -अदक्ष्य

७ स्वास्थ्य तथा भौतिक शिक्षा बिभाग सानोठिमी -अदक्ष्य

८ प्राबिधिक शिक्षालय समितिको -सदस्य सचिब

९ पुस्तकालय विकास समिति को -संयोजक

१० स्वस्थ शिक्षा महासंघको -भू पु अदक्ष्य

११ मंगल बहुमुखी क्याम्पसको -अदक्ष्य

१२ उज्ज्वल हाई  स्कुलको-अदक्ष्य

१३ मंगल उच्च शिक्षा बिद्यालय को-अदक्ष्य

१४ चिथुबिहार समुदैक विकास समिति को सस्थापक अदक्ष्य

१५ नेवा दे गुठि को नेपाल मण्डल-केन्द्रिय सदस्य

१६ सहिद स्मारक कलेज सस्थ्पक सदस्य

१७  संयोजक-तात्कालिन चिथुविहार गा.बि.स. अन्तर्गत प्लान ईन्टरनेशनल नेपाल

१८  सल्लाहकार-कीर्तिपुर खानेपानी ब्यवस्थापन समिति

१९ संयोजक-सिम झवाहितिबाट कीर्तिपुरसम्म खानेपानी ल्याउन गठित बृहत् कीर्तिपुर खानेपानि परियोजना २०५०

२० बि.सं.२०५२ र ११ र ०१ देखि तत्कालिन नेपाल खानेपानी संस्थानबाट अनुमति लिई किर्तिपुर खानेपानी ब्य।समितिको सकृयतामा घर घरमा निजिधारा बितरण गर्न सफल

२१  तात्कालिन चिथुबिहार गा.बि.स.को सकृयतामा बनेको चिलन्चो स्थित खानेपानी रिजरभ्वायर ट्यांकि निर्माण गर्न सक्रिय योगदान

२२ नेपाल अधिराज्यभरिमा सर्वप्रथम जनस्तरको लगानीमा कीर्तिपुर यातायात संचालन गर्नमा प्रमुख भुमिका

२३  सल्लाकार -किर्तिपुर खेलकुद विकास समिति

२४  समुदायक स्कूल संजालको भू पु अदक्ष्य

२५ गाऊ विकास समित संजालको-अदक्ष्य

२६ खानेपानी बेब्यथापन इम्प्रोव्मेंट समिति का (भू पु सचिब संचालन गर्नमा प्रमुख भुमिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here