मोटरसाइकल अनियन्त्रित भई एकको मृत्यु

88

रोल्पा  ।  रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले  जनाए ।

माडी गाउँपालिकाको घर्ती गाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here